मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

प्रधानमन्त्री शाहले कालो चस्मा खोल्ने बेला आएको छः सांसद थापा

Nagarik Sewa 5112+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद बासना थापाले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दैले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताउनुभएको छ। त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको? भन्दै कांग्रेसले प्रश्न गरेको छ ।  

सांसद थापाले बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई प्रश्न गर्नुभयो, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ?’ नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। ‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो,’ उनले प्रश्न गरिन्, ‘यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? उ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो ।’

वर्तमान सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सञ्जालमा लाइक बढाउने ध्यानमा रहेको उहाँको आरोप छ ।

‘केही समयअघि सुकुमवासीलाई उठीबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा हाम फालेर मृत्युवरण गरेको समाचार आएको अझै पहिचान हुन बाँकी छ,’ उनको प्रश्न छ, ‘प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो रु अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार