मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द

Nagarik Sewa 4670+ समाचार ( )
४ असार २०८३, बिहीबार

काठमाडौं। प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो। 

त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए। त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए। त्यसबारे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको छ।

जेठ २९ मा उदयपुरको उदयपुर गढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाही पूर्वक ढङ्गले चलाएको घटनामा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो । ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो ।

जेठ २५ मा सो कार्यालयले उनलाई जरिवाना गरिएको जानकारी गराउँदै साम्पाङको नाममा जारी गरेको चिट प्रहरी प्रधान कार्यालयको फेसवुक पेजमार्फत सार्वजनिक गरेको थियो । साम्पाङले एउटा हातले मोटरसाइकलको हेण्डिल समातेर अर्को हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि सञ्जाल प्रयोगकर्ताले उनलाई कारबाही गर्न माग गरेका थिए ।सम्पाङले सन् २००६ मा इटहरीबाट नयाँ लाइसेन्स लिएको र २०१४ पछि नवीकरण नगरेको भेटिएको छ । २०१६ ९२०७३ पुस १२० मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार