सामाजिक सञ्जालमा भेटिएका रवि लामिछानेका फोटोहरू अस्पतालको होइनः त्रिवि शिक्षण अस्पताल

Nagarik Sewa 4849+ समाचार ( )
१५ माघ २०८२, बुधवार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा सामाजिक सञ्जालमा भेटिएका फोटोहरू त्रिवि शिक्षण अस्पतालको नभएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ। लामिछाने अस्पताल भर्ना भएको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा उनका अनेकन् एआई सिर्जितका साथै पुराना फोटोहरू भाइरल भइरहेका छन्। 

विज्ञप्ति अनुसार ५ माघ २०८२ का दिन जनकपुरको कार्यक्रममा लामिछानेको देव्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस हुन पुगेको छ। सोही कारण १३ माघमा शिक्षण अस्पतालको हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको र नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको जनाइएको छ । ूउहाँको अवस्था अहिले सामान्य रहेको कुरा जानकारी गराउँदै शीघ्र स्वस्थ लाभको कामना गर्दछौँ,ू अस्पतालले भनेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार