१२ बजेदेखि नेपाल बार एसोसिएसनको मतगणना सुरु

Nagarik Sewa 4376+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचन अन्तर्गत उपत्यका बाहिरका सबै मतपेटिका काठमाडौं आइपुगेको छ । मतगणनाका लागि अहिले सबै पक्षसँग बैठक बसिरहेको छ र बैठक सम्पन्न भएसँगै दिउँसो १२ बजेदेखि मतगणनाको तयारी गरिएको छ। 

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आइतबार मध्यरातिसम्म सबै मतपेटिका काठमाडौं आइपुगेको हो । निर्वाचन समितिका अनुसार देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको छ । 

३ वर्षे कार्यकालका लागि २५ सदस्यीय पदाधिकारीको निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन ९पीपीएलए० र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको थियो । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका थिए । 

सत्तापक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्रा डा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमालेनिकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् । 

यसैगरी प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको थिए । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपानिकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । यसलाई नेकपा एसलगायतका दल निकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार