पुननिर्माण सकेर स्थानीयले हस्तान्तण गरे नाङ्लेभारे प्रहरी चौकी

Nagarik Sewa 4501+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । जेनजी आन्दोलनको नाममा ध्वस्त पारिएको नाङ्भारे प्रहरी चौकी स्थानीयले पुननिर्माण गरेर हस्तान्तरण गरेका छन्। भदौ २४ गते जेनजी आन्दोलनको बहानमा तोडफोड र आगजनी गरिएको प्रहरी कार्यालयलाई पहिले भन्दा राम्रो बनाएर आइतबार हस्तान्तरण गरिएको हो।

बौद्ध प्रहरी वृत्तका इन्चार्ज सन्तोष रोक्का, शंखरापुर नगरपालिका मेयर रमेश नापित, वडाअध्यक्षहरु, स्थानीयको बाक्लो उपस्थितिमा पुननिर्माण समितिले चौकी हस्तान्तरण गरेको हो।  पुननिर्माणका लागि स्थानीय ज्ञानु तामाङको अध्यक्षतामा समिति गठन गरेर सार्वजनिक रुपमा सहयोग आह्वान गरिएको थियो। पुननिर्माण समितिका सचिव बद्री चौलागाईले आर्थिक, जिन्सी र श्रमदान गरी पुननिर्माणका लागि करिब १२ लाख खर्च भएको जानकारी दिए।

अधिकांश ठाउँमा आन्दोलनका क्रममा ध्वस्त पारिएका प्रहरी चौकी स्थानीय आफैंले मर्मत गरेर पुनस्थापना गराउँदै आएका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार