मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

Nagarik Sewa 4697+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं । विराटनगर किंग्सलाई ७ रनले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित दर्ज गरेको छ । जितको लागि १३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमा समेटियो ।

मार्टिन गप्टिल ४ रन, लोकेश बम १९ रन र अकिब इलियास ८ रनमा पबिलियन फर्किए । लगतै नरेन भट्ट ७ रनमा बसिर अहमद ८ रनमा आउट भए ।  यादवको बलमा आउट भए । उनले ४० रन बनाए । यसपछि सोमपाल कामीले क्रिस सोललाई आउट गरेपछि विराटनगर दबाबमा आयो । अन्तिम ओभरमा १५ रन चाहिँदा नन्दव यादवले कसिलो बलिङ गरे । विराटनगरले अन्तिम ओभरमा ७ रन मात्र बनाउँदा कर्णालीले कठिन जित निकाल्यो । बलिङमा नन्दव यादवले ३ र विपिन शर्माले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्स २० ओभरमा १३३ रन बनाउँदै अलआउट भयो । कर्णालीले ९ रन जोड्दा २ विकेट गुमाउँदा राम्रो शुरुवात गर्न सकेन । भारतीय स्टार शिखर धवन ५ रनमा र चाडविक वाल्टन १ रनमा आउट भए । यसपछि देव खनाल र विलियम बसिस्टोले तेस्रो विकेटकोले १०२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

यो क्रममा देव खनालले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडे । देव आउट भएसँगै मात्र ३ रन जोड्ने क्रममा कर्णालीले तीन विकेट गुमायो । यतिखेर ५ विकेटको नोक्शानीमा ११४ रन बनायो । छैटौं विकेटको रूपमा विलियम ६६ रन जोडेर आउट भए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टिमको लागि सर्वाधिक ६६ रन जोडे ।

यसपछि प्रतिश जिसीले अन्तिम ओभरमा तीन खेलाडीलाई आउट गर्दा एक खेलाडी रन आउट भए । अन्तिम ५ विकेट गुमाउँदा कर्णालीले एक रन पनि जोड्न सकेन । बलिङमा प्रतिश जिसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । क्रिस सोल र बासिर अहमदले समान २/२ विकेट झारे । स्टार बलर सन्दीप लामिछाने विकेट विहिन बने । चौथो खेल खेलिरहेका सन्दीपले तेस्रो खेलमा एक विकेट लिएका थिए । चौथो खेलमा कर्णालीले दोस्रो जितबाट ४ अंक बनाएको छ ।

चौथो खेल खेलेको विराटनगरको यो तेस्रो हार हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार