काठमाडौं। विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक ६ महिनापछि आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ । बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ। असार २८ गते प्रचण्ड सरकार ढलेपछि साउन १ गते पहिलोपटक बैठक बसेको थियो । यसबिचमा कार्यदलको बैठक बसे पनि मोर्चाको मुख्य दल नेकपा माओवादी केन्द्र आन्तरिक काममा व्यस्त रहँदा बैठक प्रभावित हुँदै आएको थियो ।