मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

शैक्षिक सुधारका लागि दुधौली नगरपालिकाले गर्यो प्रशिक्षण कार्यक्रम

Nagarik Sewa 4868+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

सिन्धुली । दुधौली नगरपालिकाले शैक्षिक सुधारका लागि सञ्चालन गरेको प्रशिक्षण कार्यक्रम हालसम्म १४ विद्यालयमा सम्पन्न भएको छ। आज दुधौली नगरपालिका वडा नं. १२ स्थित मावि जिनाखुमा कार्यक्रम सम्पन्न गरिएको छ।

नगरपालिकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरी सञ्चालन गरेको यस प्रशिक्षण कार्यक्रमले शिक्षामा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। मावि जिनाखुका शिक्षक धन बहादुर तामाङका अनुसार चेतनाको विकासले हरेक कार्य प्रभावकारी रूपमा गर्न सकिने भएकाले यो कार्यक्रम अत्यन्त उपयोगी भएको छ। उनले शिक्षकहरूमा उत्साह र जागरुकता वृद्धि हुने बताउँदै, विद्यार्थीहरूले घरमा राम्रो शिक्षा पाए विद्यालयमा सिकाइ सहज हुने धारणा राखे।

मावि जिनाखुका प्रधानाध्यापक जित बहादुर मगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई दिइएको यो प्रशिक्षणले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। अभिभावकहरूले विद्यालयमा बालबालिका नियमित रूपमा उपस्थित छन् वा छैनन् भन्ने विषयमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए।

दुधौली नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिलाल विश्वकर्माका अनुसार नगरपालिकामा रहेका ७८ सामुदायिक विद्यालयहरूमध्ये २१ वटा मावि तहका विद्यालयमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नगर प्रमुख दिनेश अधिकारीले विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै शिक्षामा सुधार गर्न सबै एकजुट हुनुपर्ने बताए। उनले कुल बजेटको आधा हिस्सा शिक्षामा खर्च भए पनि अपेक्षित सुधार नआएकाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रशिक्षण प्रदान गरिएको स्पष्ट पारे।

विद्यार्थीहरूको अनुसार यो कार्यक्रम शिक्षक र विद्यार्थी दुवैका लागि शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार