महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा २ जना प्रकाउ

Nagarik Sewa 4497+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं। एक जना महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ। डिएसपी किशोर लम्सालका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज बस्ने मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महमद र त्यहाँ काम गर्ने २१ वर्षीय अफताब अन्सारी छन्। 

घटना वैशाख २० गतेको हो। एक जना महिला आफ्नो गोठमा बाख्रा बाँधेर फर्किंदै थिइन्। त्यही बेला दुई जनाले घेरा हालेर उनलाई रोके। दुई जना मिलेर ती महिलालाई एउटा होटलमा पुर्‍याएका थिए। मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बाँधेर सामूहिक बलात्कार गरेको डिएसपी लम्सालले बताए।

वैशाख २३ गते बिहान ८ बजेतिर पर्साको घडिअर्वा पोखरीको गल्लीमा ती महिलालाई रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए। ती पीडित महिलाले आफूमाथि बलात्कार र अपहरण तथा शरीर बन्धकको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको हो। अनुसन्धानको क्रममा वीरगन्ज १५ प्रतिमा चोकबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै