काठमाडौं । नेपाली बजारमा मंगलबार (कात्तिक २५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक २४) छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।