३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

Nagarik Sewa 4281+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय गरि ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ।

संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयको उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. शारदा थपलिया नियुक्त हुनुभएको हो।

उहाँहरूले शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शपथ लिनुभएको छ। प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार