सामान्य प्रशासनमन्त्री गुप्ताले दिए पदबाट राजीनामा

Nagarik Sewa 4218+ समाचार ( )
३१ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। ७८ लाख घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ ।  म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् ।  उनले राजीनामा दिएसँगै  अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुकमा बताएका छन् । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै