७.८६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4562+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको छ। आज ३२९ कम्पनीको सेयर कारोबार भयो । जसमध्ये ७९ कम्पनीको मूल्य बढ्यो भने १६९ कम्पनीको मूल्य घट्यो। नौ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन।

आज तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा एक करोड ६२ लाख ५५ हजार कम हो । आज स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बुधबारदेखि नै कारोबार सुरु भएको एसवाई प्यानलको मूल्य ९।९७ प्रतिशतले बढ्यो।

सर्वाधिक गुमाउनेमा झापा इनर्जीका सेयरधनी छन् । यो कम्पनीको मूल्य ९।३० प्रतिशत अर्थात् १२८ रुपैयाँले घटेको छ। कारोबारमा आएका कम्पनीमध्ये श्रीनगर एग्रिटेकको २६ करोड ३९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै