काठमाडौं। सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपाली सेनाले देशका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ।
५० स्थानका कारागार, ३ वटा एयरपोर्ट, एक आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटगरी ६२ स्थानमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।
काठमाडौं उपत्यका भित्र ५ स्थान, उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ सेनाको सुरक्षा फौज तैनाथ गरिएको पनि जनाएको छ ।