मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

नुवाकोटमा चिनियाँ भाषा सिकाउने विद्यालयको शिलान्यास

Nagarik Sewa 2364+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

काठमाडौं । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ । बुधबार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा चिनियाँ भाषा स्कुलका शिलान्यास गरिएको हो ।

सो अवसरमा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले मित्रताको प्रतीकको रुपमा रहेको विद्यालयमार्फत नेपाली युवा युवतीहरुलाई चिनियाँ भाषा सिकाएर उनीहरुलाई रोजगारी, सांस्कृतिक अन्तरक्रिया र रहनसहन तथा भेषभुषाको जानकारी गराएर भविष्यको अवसरतर्फ अग्रसर गराउने लक्ष्य राखिएको जानकारी दिए ।

उनले यो विद्यालय भाषा सिकाउने संस्थामात्रै नभएर समाज विकास, विश्व विकास र छिमेकी मुलुकको सामाजिक ज्ञान सिक्ने र सिकाउने आधारशीला भएको उल्लेख गरे ।

कार्यक्रममा सांघाइ हाइसान कल्चर एण्ड मिडिया प्रा.लि.कि प्रतिनिधि हुआङ वेन् छिले चिनियाँ भाषा सिकाउने विद्यालय तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जनाइन् । उनले इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपसँग मिलेर आफूहरुले नेपालमा १० वटा शिक्षण संस्था स्थापना गरिसकेको जानकारी दिइन् ।  जसमार्फत १ हजार ५० भन्दा बढी चिनियाँ विद्यार्थीलाई अध्यापन गराइने बताइएको छ । उनले शिक्षण संस्थालाई सहयोग गर्दै आफूहरुले १३ हजार ३ सय ४९ जनालाई अनुदान दिएको बताईन् । जसको कुल रकम १४ लाख रुपैयाँ बराबर हुन आउने उनको भनाइ थियो । उनले नेपालमा शैक्षिक स्रोतहरुको तत्काल आवश्यकता रहेको स्थानमा थप ९ वटा चिनियाँ विद्यालय स्थापना गर्ने लक्ष्य राखेको पनि जानकारी दिइन् ।

कार्यक्रममा ओभरसिज चाइनिज् एसोसिएसनका नेपाल अध्यक्ष झिङ झ्याओ दोङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै भृकुटी र अरनिकोले सुरु गरेको मित्रतालाई यस प्रकारका कार्यक्रमले थप नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीन र नेपालबीचको सम्बन्ध झन् प्रगाढ भएको उल्लेख गरे । नेपाल र चीनबीचको मित्रता कसैले पनि हल्लाउन नसक्ने उनले जिकिर गरे ।

कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव प्रसाद अधिकारी, समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै