विश्व शान्तिका अभियन्ता पोप फ्रान्सिस र नेपालका समाजसेवी महर्जनबीच भ्याटिकन सिटीमा भेटवार्ता

Nagarik Sewa 4556+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। विश्व शान्तिका अभियन्ता पोप फ्रान्सिस र नेपालका समाजसेवी डा. पियारत्न महर्जनबीच भ्याटिकन सिटीमा भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा डा. महर्जनलाई भव्य स्वागत गरिएको थियो। विशेष समारोहको आयोजना गरी विश्व शान्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो। उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपालका प्रतिनिधिका रूपमा सहभागिता जनाएका डा. महर्जनले पोप फ्रान्सिससँग नेपालका सन्दर्भमा विशेष छलफल गरेका छन्। उनले विश्व शान्तिका लागि नेपालको महत्वपूर्ण भूमिका र स्थानबारे आफ्नो धारणा राख्दै पोपसँग गहन संवाद गरेका थिए।

यस भेटवार्ताले नेपाल र विश्व शान्तिका प्रयासहरूबीच सुदृढ सम्बन्धको संकेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार