२६.२४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4298+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। सेयर बजारमा परिसुचक नेप्से २६.२४ अंकको वृद्धि भएर २६७९.३४ विन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको थियो । त्यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।

आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५।७३ अंक, बुधबार ११।९७ अंक र बिहीबार ५।९९ अंकले घटेको थियो ।

मंगलबार नेप्सेमा कुल १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ ।

मंगलबार पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा ५ प्रतिशतको वृद्धि भएको छ ।मंगलबार बैंकिङ समूहमा १.११ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६४ प्रतिशत, जीवन बिमा समूहमा १.०१ प्रतिशत र निर्जीवन बिमा समूहमा १.३४ प्रतिशतको सुधार आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार