मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |
मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |


डिएसपी ‘पन्थी’को रिटायर्ड लाइफ : थप एक्टिभ र गतिशील बन्दै, खोले ‘सरोकार केन्द्र’

Nagarik Sewa 4875+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडाैं । चाहे जुनसुकै पेशा व्यवसाय गर्ने व्यक्ति हुन्, अधिकांस आफ्नो रिटायर्ड लाइफ रमाईलो गरेरै बिताउने सपना देख्ने गर्छन् । 

आफुले गरिरहेको पेशाबाट अवकाश पाएपछि निजी जीवन बाच्चे कस्को चाहाना नहोला   र ? तर, केही महिना अघि मात्रै नेपाल प्रहरीको डिएसपीबाट रिटायर्ड भएका गोविन्द पन्थी भने थप जिम्मेवारीको भारी काँधमा बोकेर रमाउने सुरुमा छन् । 

‘साँच्चै जीन्दगीमा ड्युटी गर्दा गर्दै आफुले चाहेको जस्तो, सोचेको जस्तो र आफुले गर्न सक्ने अनि काम गरिसकेपछि आफुले ड्युटी सकेँ भनेर खुसी हुनुभन्दा पनि वा मैले क्या गज्जब गरेँ भनेर गर्व गर्न सक्ने कतिपय कामहरु चाहेर पनि गर्न नसकिने कुरा सत्य हो’, पन्थी भन्छन्, ‘त्यसैले म मरो जागिरे अनुभवलाई उपयोग गर्दै मैले जागिरमा हुँदा चाहेर पनि गर्न नसकेका कामहरु गरेर  रिटायर्ड लाइफमा रमाउने प्रयत्न गर्दैछु ।’

पन्थीलाई लाग्छ, ‘रिटायर्ड लाइफ भनेको कामधाम छाडेर रमाउने समय हैन् । यो त आफ्नो पेशा व्यवसाय गरिरहँदाको दशकौँ समयको अनुभव र भोगाईबाट थप परिपक्क र जिम्मेवार हुँदै परिस्कृत ढंगबाट समाजप्रति उत्तरदायी हुँदै काम गर्ने अमूल्य समय हो ।’

तल्लो दर्जाको प्रहरी कर्मचारी हुँदै डिएसपी बनेर काम गर्दासम्म पन्थीसँग प्रहरीमा ३० बर्ष काम गर्दाको अनुभव ताजै छ । त्यसो त प्रहरी आफैमा न्याय सम्पादनका निम्ती कानुनको पालना गर्दै काम गर्ने महत्वपूर्ण संस्था हो । 

तर, पन्थीले न्याय दिँदा आफु स्वयंले अन्याय भोगेका दृष्टान्तहरु पनि बिर्सिएका छैनन् । अनि, न्याय खोज्न जाँदा सत्ता, शक्तिको दुरुपयोगकै कारण पीडित थप पीडामा परेको पनि नदेखेका हैनन् । 

त्यसैले पन्थीलाई अझैपनि लाग्छ, ‘यो देशमा बोल्नेको पिठो बिक्नसक्छ, नबोल्नेको चामल पनि बिक्दैन् । हाम्रो समाजिक परिवेश अनुसार सामान्य नागरिकहरुलाई न्याय पाउन सोचेजस्तो सहज छैन ।’ 

प्रहरीमा रहेर काम गर्दागर्दै चाहेर पनि पीडितलाई सहयोग गर्न नसक्दा पन्थीलाई कहिलेकाहीँ दुख पनि लाग्थ्यो । यद्यपी, उनले सकेसम्म गरिब, दुखी, असहाय र अन्यायमा परेका पीडितहरुलाई हरसम्भवः न्याय दिलाउन सहयोग गर्थे । तर, ‘चेन अप कमाण्ड’ले उनलाई चाहेजति सहयोग गर्न दिँदैनथ्यो । न बोल्न मिल्थ्यो न खुलेरै सहयोग गर्न ! 

यि यस्ता घटनाहरुको समाना पनि उनले अवकास प्राप्त गर्ने वित्तिकै यस्ता मानिसहरुका निम्ती केही गर्ने मनमनै आफैसँग प्रतिबद्धता गरेका थिए । अवकास प्राप्त गरेको भोलीपल्टैबाट उनले उक्त प्रतिबद्धता पूरा गर्न आन्तरिक तयारी थाले । 

समाज शास्त्रमा मास्टर डिग्री र कानुनमा स्नातक गरेका उनले अन्ततः आफुसँग गरेको वाचा पूरा गर्ने जग बसालिसकेका छन् । अर्थात्, हालसालै उनले आफ्नो नेतृत्वमा ‘सरोकार केन्द्र’ नामक संस्था दर्ता गरेका छन् । 

उनी भन्छन्, ‘समयसँगै समाजमा हुने अपराधिक घटनाहरु नयाँ रुपमा बढ्दैछ । हरेक मानिसहरु न्यायको पहुँचमा पुग्न सकेका छैनन् । पुगेपनि समयमै र कानुनतः न्याय पाउन सकेका छैनन् । अन्यायमा परेका मानिसहरु जस्को सहयोगका लागि कोही हुने छैन, उसका लागि सरोकार केन्द्र हुनेछ ।’ 

प्रहरीमा छँदा पनि दर्जनौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाएका उनी इमान्दार, कर्तव्यनिष्ठ र काविल अफिसरका रुपमा परिचित थिए । तर, संगठनमा रहँदा आफ्नो क्षमता अनुसार चाहेजति काम भने उनले गर्न पाएका थिएनन् ।  अब भने कसैको कमाण्ड विना नै उनी आफ्नो क्षमताले समाजका निम्ती महत्वपूर्ण योगदान पु¥याउन कस्सिएका छन् ।

उनका अनुसार सरोकार केन्द्रले मुख्यतः मानब बेचबिखन तथा ओसारपसार, वैदेशिक ठगी,  सामाजिक संजाल बाट हुने अपराध र भ्रष्ट्रचार न्युनीकरणका निम्ती काम गर्नेछ । साथै, अन्यायमा परेका असहाय र उत्पीडित बर्गका न्यायको निम्ती निशुल्क बहस, पैरवी पनि संस्थाले गर्नेछ । यस्तै, सम्भावित अपराधिक घटना न्युनीकरण तथा न्यायको समान पहुँच पु¥याउनका लागि विभिन्न कार्यक्रम मार्फत जनचेताना फैलाउन आवश्यक रहेको भन्दै यसतर्फ पनि केन्द्रित हुने पन्थीको लक्ष्य छ । 

‘यो संस्था मेरो नेतृत्वमा हुनेछ । तर, यो मेरो मात्रै नभएर तमाम न्यायप्रेमी नेपालीहरुको   हो । तसर्थ, यसको प्रबद्र्धन, बिकासमा साथ दिँदै समाजका निम्ती स्वतस्फुर्त ढंगबाट योगदान पु¥याउन चाहाने देश तथा विदेशमा रहनु भएको हरेक नेपाली यस अभियानमा जोडिनु हुनेछ भन्ने मलाई विश्वास छ’, पन्थीले भने ।

समाजसेवाका नाममा देशमा थुप्रै संघसंस्था खोलेर कतिपयले कमाउधन्दा चलाई रहेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउनु पर्ने पन्थीको सुझाव छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार