काठमाडौं। कमलपोखरीको शान्दार मम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उपचाररत रविन राई र भीमबहादुर घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । गत बिहीबार मम पसलमा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी ११ जना घाइते भएका थिए ।
२३ माघमा शान्दार मममा ग्यास सिलिन्डर विस्फोट भएको थियो । अन्य घाइतेहरूको उपचार भइरहेको छ ।