काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।