काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ। छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रवार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।