दामोदर खड्का न्याय परिषद् सदस्य नियुक्त

Nagarik Sewa 4562+ समाचार ( )
२१ माघ २०८१, सोमबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो। 

न्याय परिषद् सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै