एमालेले प्रतिनिधि सभा निर्वाचनको लागी गरायो दल दर्ता

Nagarik Sewa 4426+ समाचार ( )
१० मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ। मंगलबार एमाले नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन्। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आफूहरू आयोगमा पुगेर दल दर्ता गरेको बताए।

‘हामीले हाम्रो दल अद्यावधिक गर्‍यौँ, लोकतान्त्रिक पार्टी भएकाले एमाले आफुलाई लोकतान्त्रिक प्रक्रियामा सधै अपडेट गर्छौँ’, आचार्यको भनाइ छ । आजै एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट समेत पेस गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै