मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

स्वस्थानी व्रत सुरु

Nagarik Sewa 980+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै