मैले अहिलेसम्म भ्रष्टाचार गरेको छैनः अध्यक्ष नेपाल

Nagarik Sewa 4556+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताउनुभएको छ। पार्टी कामको सिलसिलामा रौतहटमा रहनुभएका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताउनुभएको हो।

‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन। तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भन्नुभयो। उहाँले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार