काठमाडौं। काठमाडौंको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन सञ्चालनमा आएको छ। आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले जानकारी दिए।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको ब्यहोरा समेत उनले बताए। भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि आगजनी गरिएको छ । त्यसबेला आगजनीले ध्वस्त पारिएका योसहित पाँचवटा स्टोर सञ्चालनमा ल्याइसकिएको छ ।