रास्वपाको नयाँ नेतृत्व चयनको निर्वाचनमा ८० वटा भोटिङ मेसिन प्रयोग

Nagarik Sewa 4554+ समाचार ( )
१० असार २०८३, बुधवार

काठमाडौं। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा ८० वटा विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गरिने भएको छ। महाधिवेशनको यस पहिलो चरणको निर्वाचनमार्फत प्रतिनिधिहरूले ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सूची औपचारिक रूपमा प्रकाशन गरिएलगत्तै ती विद्युतीय उपकरणहरूमा उम्मेदवारको नाम र तस्बिर समावेश गरेर मतदान प्रक्रिया अघि बढाइने छ। निर्वाचनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन आयोगले सबै तयारी पूरा गरिसकेको छ।

निर्वाचन आयोगका प्रमुख केसीले आज मध्याह्नदेखि नै पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्यका साथ जनशक्ति परिचालन गरिएको जानकारी दिए। प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे बुझाउन र सहजता प्रदान गर्नका लागि मतदानस्थलमा थप ५ वटा उपकरणहरू नमुना मतदान ९मकटिङ० का निम्ति छुट्टै प्रयोग गरिने व्यवस्था समेत मिलाइएको छ।

पार्टीको केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी आकाङ्क्षीहरूको उम्मेदवारी परेको र विभिन्न समावेशी समूह (क्लस्टर) बाट समेत उम्मेदवारहरू कायम भएकाले मतदान प्रक्रिया पूरा हुन केही अतिरिक्त समय लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, भोटिङ मेसिनको प्रयोग गरिने भएकाले मतदान कार्य पूर्ण रूपमा सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त केसीले स्पष्ट पारे।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार