ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

Nagarik Sewa 4298+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान काठमाडौतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्कुटरमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै