बालेन र कुलमानलाई पार्टीमा स्वागत गर्न तयार छौँ :डिपी अर्याल

Nagarik Sewa 4397+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा विचार मिल्नेलाई अझै स्वागत गर्न तयार रहेको बताएका छन् ।प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले नेपाली जनताले पनि विभिन्न छरिएका पार्टी शक्ति दल र व्यक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपालाई दिएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा शुक्रबार राजनीतिक प्रतिवेदन पेश गर्दै उनले विचार मिल्ने केही व्यक्तिलाई स्वागत गर्न तयार रहेको बताएका हुन् ।उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ऊर्जा मन्त्री कुलमान घिसिङल लगायतलाई स्वागतका लागि तयार रहेको बताएका हुन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार