काठमाडौं । स्थानीय बजारमा आज (कात्तिक १२) सुनको मूल्य बढेको छ । चाँदीको भाउ घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक तोला छापावाल सुनको मूल्य दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ तीन हजार ९३० कायम भएको छ । बुधबार (कात्तिक ११) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र असली चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो । रासस