मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच औपचारिक एकता

Nagarik Sewa 4697+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौं। लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच औपचारिक एकता सहमति भएको छ। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको दुवै पक्षको बैठकले बुधबार साँझ ७ बजे एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टी एकताको सैद्धान्तिक सहमति भए पनि पद बाँडफाँटको विषयमा भने अहिले छलफल भएको छैन। 'अहिलेसम्म एकताका लागि सहमति मात्र भएको छ, कसले के पद पाउने भन्ने टुङ्गो लागेको छैन,' श्रेष्ठले भने, 'पूर्व अध्यक्ष कमल थापा कुनै पनि बार्गेनिङ नगरी पार्टी एकताका लागि तयार हुनुभएको छ।'

यसअघि २०७८ मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि थापाले आफूलाई हराउन निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका थिए। त्यसपछि २०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका उनले फागुन ७ गते राप्रपा नेपाल गठन गरेका थिए। झन्डै चार वर्षको अन्तरालपछि थापा पुनः आफ्नै पुरानो दलमा फर्किएका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो एकताले राप्रपाको राष्ट्रिय राजनीतिक प्रभाव बढाउने र आगामी चुनावमा राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन सहयोग पुग्ने देखिन्छ। पार्टी एकतासँगै राप्रपाभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे अब नयाँ ढङ्गले छलफल सुरु हुने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार