काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ। उनहाँ केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुग्नुभएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा ५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ। बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ।