काठमाडौं। रौतहटको गौर नगरपालिकामा बुधबार दिउँसो एक युवकमाथि छुरा प्रहार गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ स्थित गौरीशंकर क्याम्पस नजिक युवकमाथि छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
गौर नगरपालिका वडा नम्बर ३ का २० वर्षीय युवक सनोज रामले आफ्नै साथीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) राजु कार्कीले बताए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।