अनेरास्ववियूले गर्यो कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

Nagarik Sewa 4401+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । 

 सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।  २० दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो ।

घिसिङले दिएको जवाफ चित्त नबुझेपछि सरकारले उनलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार