मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |
मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |


ललितपुर मालपोतको रुपान्तरणमा जुटेका हाकिम सेढाई: डिजिटल सेवा र व्यवस्थित भवनसहित सेवाग्राहीमैत्री सुधार

Nagarik Sewa 4677+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

काठमाडौं । अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरूमा मालपोत, नापी, यातायात, र जिल्ला प्रशासन कार्यालयहरू पर्छन्  यी कार्यालयहरूमा समयमा काम नगरी सेवाग्राहीलाई दुःख दिने र पैसा नतिरी सेवा नपाइने गुनासो पाइन्छ। यसै कारण सेवाग्राहीहरू पनि निराश छन्, र भीड घट्न सकिरहेको छैन।

तर, यस्तै समस्याबाट गुज्रिरहेको भूमिसुधार तथा मालपोत कार्यालय, लगनखेलको सुधारका लागि प्रमुख जीवनराज सेढाईले प्रयास थालेका छन्। सेवाप्रवाहमा सुधार ल्याउन उनले कार्यालयको भौतिक संरचना र व्यवस्थापनमा परिवर्तन गर्न थालनी गरेका छन्।

सेढाईले कार्यालयको रंगरोगन गराएर वातावरण सुधार गरेसँगै सेवाग्राहीका लागि काम छिटो र सजिलो बनाउन केही नयाँ कार्यविधिहरूको विकास गरेका छन्। उनले वृद्ध र जेष्ठ नागरिकका लागि विश्राम स्थल, स्तनपान कक्ष, पिउने पानी र टेलिभिजनको व्यवस्था समेत गरेका छन्। उनले कार्यालय परिसरलाई सफा र व्यवस्थित बनाउनमा विशेष जोड दिएका छन्।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेढाईले कर्मचारीसँग दैनिक बैठकको प्रचलन सुरु गरेका छन्। हरेक बिहान १० बजेबाट अघिल्लो दिनको कामको समीक्षा गर्ने यो बैठकले सेवामा थप सुधार आएको छ। सेवाग्राहीहरूले अब पहिलेको तुलनामा छिटो र सरल तरिकाले सेवा पाउन थालेका छन्।

कर्मचारी सरुवामा भएको ढिलाइलाई अन्त्य गर्न उनले उचित स्थानान्तरण व्यवस्था मिलाएका छन्। लामो समयदेखि एकै ठाउँमा बसेका कर्मचारीहरूलाई सरुवा गर्दै, कार्यालयमा सुधार ल्याउने उनको प्रयासले कर्मचारी व्यवस्थापनमा समेत सुधार ल्याएको छ।

सेढाईले कार्यालयमा प्रलोभनका विभिन्न प्रस्तावहरूलाई अस्वीकार गरेर मात्रै होइन, अन्य कर्मचारीलाई पनि अनुशासन पालन गर्न उत्प्रेरित गरेका छन्। उनको नेतृत्वमा सेवा प्रवाहमा सुधारसँगै कार्यालयको वातावरणमै सकारात्मक परिवर्तन आएको छ।

सेढाईले भविष्यमा सेवाग्राहीको सहजताका लागि कार्यालय सुधारका थप योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सेढाईको नेतृत्वमा अहिले सेवाग्राहीले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने परिवर्तनहरू आएको बताइन्छ। कार्यालय प्रवेश गर्दा पहिले फोहोर र दुर्गन्धले भरिएको वातावरण सफा भएको छ। हरेक कर्मचारीलाई जिम्मेवारी तोकिएको छ, र काममा ढिलाइ गर्ने, नियमविपरीत आचरण देखाउने कर्मचारीलाई तत्काल कारबाहीको समेत व्यवस्था मिलाइएको छ।

यसका साथै, सेवाग्राहीले कार्यालयमा आएका बेला सहजै जानकारी प्राप्त गर्न सकून् भनेर सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। कार्यालयको वेबसाइट अपडेट, डिजिटल थम्प प्रिन्ट प्रणालीको सुरुवात, र सेवाग्राहीको फिडब्याक संकलन गर्ने कार्य व्यवस्थापनमा पारदर्शिता ल्याउने प्रयास गरिएको छ। नागरिक वडापत्रलाई क्यूआर कोडमा उपलब्ध गराएर सूचना सहज बनाउनमा पनि सेढाईले पहल गरेका छन्।

अधिकार क्षेत्रभित्र सुधार ल्याउने क्रममा सेढाईले स्थानीय निकायसँग समन्वय गरेर कार्यालयको बाह्य संरचना र पार्किङ व्यवस्थामा सुधार ल्याउनसमेत पहल गरेका छन्। ललितपुर महानगरपालिकासँगको सहकार्यमा कार्यालयमा पुग्ने सडकको मर्मत र पार्किङ व्यवस्था सुधार गर्ने कामहरू अघि बढाइएको छ।

सेढाईको सुधार अभियानलाई सेवाग्राहीहरूले सकारात्मक रूपमा लिएका छन्। सेवाग्राहीको तर्फबाट लामो समयदेखि रोकिएका कामहरू अब छिटो समाधान हुन थालेको प्रतिक्रिया दिइएको छ। यसले गर्दा कार्यालयमा सेवाग्राहीको गुनासो कम भएको छ र सरकारी कार्यालयप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको छ।

सेढाईले सेवाग्राहीको लागि मात्र होइन, कार्यालय सुधारका प्रयासलाई आफ्नो जिम्मेवारीको रूपमा लिएर अघि बढेको बताउँछन्। विगतमा पोखरामा यातायात सिण्डिकेट तोड्न संघर्ष गर्दा गोलीसमेत खाएका सेढाई अब आफ्नो दोस्रो जीवनको रूपमा सेवामा सुधार गर्न लागिपरेको अनुभव बाँड्छन्। उनको भनाइमा, “म जहाँ भए पनि सुधारका लागि नै आएको हुँ, र यही नै मेरो कर्तव्य हो। परिवर्तन सम्भव छ भनेर देखाउन म यहाँ छु।”

सेवाग्राही मैत्री वातावरण बनाउनका लागि अझै धेरै सुधार गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्। सेढाईको यो पहलले भूमिसुधार तथा मालपोत कार्यालय, लगनखेललाई सेवाग्राही मैत्री र पारदर्शी बनाउने दिशामा महत्वपूर्ण कदम चालिरहेको छ।

 CNN खबरको सहयोगमा 













प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार