टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं। काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी शक्ति परियारकी चार वर्षीया छोरी आरिका परियार छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको लागि लगिएको थियो । धुलिखेल अस्पतालमै उनको मृत्यु भएको हो ।

बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार