एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

Nagarik Sewa 4431+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। कात्तिक १५ गतेलाई नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ। ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एमालेले बैठकमा महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने जनाएको छ।

पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो। सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन,स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन्। ती नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ।

पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन्। भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा।अधिकारीले जानकारी दिए।

एमालेमा झन्डै साढे ६ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गर्ने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै