काठमाडौं। नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारी अनुसार वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छ ।
प्रहरीको जानकारी अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् ।