मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आज एमालेले राजधानीमा शक्ति प्रदर्शन गर्दै

Nagarik Sewa 5112+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज (शुक्रबार) राजधानी उपत्यकामा शक्ति प्रदर्शनको गर्न लागेको छ। जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने पार्टीले जनाएको छ ।

‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जनसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो ।

गौतमका अनुसार शहीद गेटबाट शुरु भएर एमालेको जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्नेछ । ‘दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ’, उहाँले भन्नुभयो ।

जनसभाबाटै एमालेको वास्तविक शक्ति देखाइने नेताहरू बताउँछन् । ‘एमाले नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै कतिपय अराजक शक्तिहरूले अफवाह फैलाइरहेका छन् । त्यसको प्रतिवादमा पनि हो, यो सभा,’ पार्टीका एक जिम्मेबार नेताले भन्नुभयो ।

प्रधानमन्त्रीविरुद्ध भइरहेको प्रदर्शनकै प्रतिवाद गर्ने योजना अन्तर्गत एमालेले यो जनसभाको तयारीमा सम्पूर्ण शक्ति खर्चिएको छ । नेताहरूका अनुसार पछिल्लो साता राजधानीमा उपलब्ध सम्पूर्ण पार्टीपंक्ति र वर्गीय विभागहरु परिचालित भएका छन् ।

भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस ल्याउने एमाले तयारी छ । उपत्यका र आसपासका जिल्लाहरूबाट मानिस ल्याउने उद्देश्यकै साथ बागमती प्रदेश इन्चार्ज डा। राजन भट्टराई संयोजक र बागमती अध्यक्ष कैलाश ढुंगेल सहसंयोजक रहने गरी तयारी समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार