मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश

Nagarik Sewa 5112+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा  आकर्षण बढ्ँदै जाँदा  विभिन्न पार्टी परित्याग गरेर आउनेहरुको संख्या उल्लेखनीय देखिन थालेको छ । सोही क्रममा पार्टीका महासचिव घनश्याम भुसालले विभिन्न पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा आएका युवाहरुलाई स्वागत गरेका छन् । 

उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई अविर खादा ओढाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, प्रदेश सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो । 

महासचिव घनश्याम भुसालले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशा भन्दा बढि निराशा र उकुस–मुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताए । 

नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यहि गणतान्त्रिक नेपालको ऐजेन्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताएका हुन् । 

उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रियपूजीँको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रम सहितको पार्टीको आवश्यकता रहेको बताए । ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’ महासचिव भुसालले भने –‘अहिले हामी यहि काममा खटिएका छौं ।’ 

अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकिकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्र्कषमा पुगेको बताए । उनले अबको एक वर्षभित्र नेकपा एकिकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दावी गरे । उनले आफूहरुले आगामि एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट ऐजेन्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट ऐजेन्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको विचमा जाने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार