नन्दी नडैतवाह नामिबियाको पहिलो महिला राष्ट्रपति निर्वाचित

Nagarik Sewa 4689+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

काठमाडौं। नामिबियाले देशको पहिलो महिला राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाहलाई निर्वाचित गरेको छ । नन्दी नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै देशको पहिलो महिला नेता बनेकी छिन् ।

निर्वाचन आयोगले मंगलबार घोषणा गरेको आधिकारिक नतिजा अनुसार ७२ वर्षीया नन्दीले ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएकी हुन् । नामिबियाले शान्ति र स्थायित्वको पक्षमा मतदान गरेको छ,’ बिजयी पछि नन्दी नडैतवाहले भनिन् ।

उता प्राविधिक समस्या, मतपत्रको अभाव र अन्य समस्याले निर्वाचन अधिकारीहरूले शनिबारसम्मका लागि मतदान लम्ब्याएको भन्दै विपक्षी दलहरूले निर्वाचनको परिणाम अस्वीकार गरेका थिए। 

लामो लामको अर्थ केही मतदाताले १२ घण्टासम्म पर्खिएर मतदानको पहिलो दिन नै छाडेका थिए ।विपक्षी दलहरूले म्याद थप अवैध भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार