सूचनामन्त्री खरेल अध्यक्ष लिङ्देनबिच भेटवार्ता

Nagarik Sewa 4515+ समाचार ( )
२३ पौष २०८२, बुधवार

ललितपुर। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ। लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो। 

मन्त्री खरेलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको अध्यक्ष लिङ्देनले बताउनुभएको छ। निर्वाचनको वातावरण निर्माणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार