जलेको शीतल निवासमा मन्त्रीहरूको शपथ

Nagarik Sewa 4431+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ हुन लागेको छ ।  शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको छ । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ । यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो । 

आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार