४८.६ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

Nagarik Sewa 4435+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ। यो अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ। ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।

ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ ।

ब्याज आम्दानी घट्दा कुल आम्दानी नै घटेको छ । कुल आम्दानी पहिले ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २८ अर्ब ४३ करोड रुपैयाँमा झर्‍यो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी जम्मा २१ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै