काठमाडौं। बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ ।
कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज ५५ हजार ९८९ पटकको सेयर किनबेचबाट ४ अर्ब ७६ करोड रूपैयाँको कारोबार भएको छ । कुल ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भए ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ । सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँको भयो ।