काठमाडौं । काठमाडौं स्थित तिनकुनेमा रहेको दिव्य कलेजले हिजो सोमबार सरस्वती पूजाको अवसर पारि रचना वाचन, सांस्कृतिक कार्यक्रम तथा उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
दिव्य कलेजको आफ्नै प्राङ्गणमा सप्पन्न भएको कार्यक्रममा गुरु लेखनाथ तिम्सिनाद्वारा सरस्वतीको मूर्तीमा पूजाआजा तथा धुपदीप बाली प्रसाद वितरण गरि उद्घाटन गरिएको थियो।
कलेजका प्रधानाध्यापक नारायण काफ्लेको अध्यक्षतामा सम्पन्न भएको यस् कार्यक्रममा उपस्थितहरुलाइ स्वागत गर्न कलेजका बिद्यार्थीहरु सोनिया पान्डे,एलिसा थापा ,एलिना थापाद्वारा सरस्वती बन्दना पाठ ,सुहाना थापाद्वारा स्वागत नृत्य र आसिफ हुसेनद्वारा स्वागत गित प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बिश्वबिद्धालयका उपप्राध्यापक,,लेखक तथा अनुबादक महेश पौडेल,विशिष्ट अतिथि लेखक,कबि तथा समालोचक महेश कार्की "क्षितिज", कबि तथा लेखक तोयानाथ भट्ट विश्वामित्र लगाएतले आ-आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए। यसैगरि रचना वाचनको बिच-बिचमा बिद्यार्थीहरुले नृत्य , गायन र आफ्ना अन्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।
यसैगरी रचना वाचन कार्यक्रम पश्च्यात यस् कलेजको पहिलो र दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीलाइ कलेजका शिक्षक छत्र न्यौपान्ने,हेममणि गौतम,दुर्गा प्रसाद चौलागाईं ,भुवन न्यौपान्ने,छबि ढुंगाना,मुकेश पान्डे,गगन आचार्य लगाएतले अबिर,खादा लगाइ कलेज कप तथा नगद पुरस्कार दिएर सम्मान गरेका थिए।
कार्यक्रमको अन्त्यमा बिद्यार्थीलाइ दिव्य बिद्यार्थी परिषदको ब्याच वितरण गरिएको थियो। जस अन्तर्गत अध्यक्ष बिकि महतो,सचिव प्रसन्ना कार्की ,कोषाध्यक्ष अलिसा सिना ,रचनात्मक र नवीनता टोली प्रमुख युगान्तर कालाखेती र युवा व्यवस्थापक टोली प्रमुख प्राप्ती राउत रहेका छन् ।
कार्यक्रमको संचालन कलेजका बिद्यार्थी बिकि महतो र ओम्निका बस्नेतले गरेका थिए।