काठमाडौं । जर्मनीले विश्वकप २०२६ मा सानदार सुरूवात गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा गएराति कुरासाओ विरूद्धको खेलमा जर्मनीले ७ गोल गर्दै सानदार सुरूवात गरेको हो। चार पटकको विश्वविजेता विरूद्ध कुरासाओले एक गोल गर्यो। जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो।
जर्मनीका लागि काई हाभाजले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे। एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए । त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए।
त्यसैगरी मुसियालाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाजले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ।