जसपाले सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गर्ने

Nagarik Sewa 4847+ समाचार ( )
९ असार २०८२, सोमबार

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

प्रवक्ता मनिष सुमनले भने ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतस् असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुनस् विचार गरि निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार