भृकुटीमण्डपमा एमालेको यूथ सेलिब्रेसन सुरू

Nagarik Sewa 1732+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं। सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला हुने क्रम सुरू भएको छ । ११ बजेदेखि तय भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ ।

आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले छ। कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार