अखिल क्रान्तिकारीले जेनजी महोत्सव आयोजना गर्दै

Nagarik Sewa 4342+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। अनेरास्ववियु (क्रान्तिकारी)ले भोलि (मंसिर २४) देखि पुस ८ गतेसम्म दुई हप्तासम्म जेनजी महोत्सव आयोजना गर्ने भएको छ । राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । 

जेनजी महोत्सव आयोजना गर्नुको उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने, क्षमता र योग्यतालाई सम्मान गर्ने रहेको अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले बताए । पार्टीभित्र जेनजीलाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको शर्माको भनाइ छ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै